मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती तथा प्रदेश १ का केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले नदीतटीय क्षेत्रमा सावधानी अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना छ ।
प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
प्रतिक्रिया