कोरोना भाइरसविरुद्धको खोप लगाउन १३ लाखभन्दा बढी व्यक्तिले आवेदन दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म कोभिड– १९ पहिलो डोजका लागि फारम भर्नेको संख्या १३ लाख ३९ हजार पुगेको छ । गत वैशाख ३१ गते सरकारले खोप लगाउन इच्छुक नागरिकबाट आवेदन माग गरेको थियो ।
सरकारले सबै नागरिकलाई पुग्ने खोप ल्याउन नसक्ने आकलन गर्दै सार्वजनिक खोप लगाउन चाहनेबाट विवरण माग गरेको हो । यद्यपि, स्वैच्छिक फारम भरेकाले पनि खोप कहिले पाउने भन्ने टुंगो छैन ।
तथ्यांक संकलन गर्ने काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सूचना व्यवस्थापन इकाइले गर्दै आएको छ ।
मन्त्रालयले कोभिड– १९ विरुद्धको खोप लगाउन चाहने १८ वर्ष र सोभन्दा बढी उमेरका व्यक्ति आफैँले प्रि–रजिस्ट्रेसन फारम भर्न तथा भराउनका लागि वेबसाइट र एप प्रयोगमा ल्याएको छ ।
प्रतिक्रिया