देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी

देशान्तर

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि एक साता लम्ब्याइने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भइरहेको बताइएको छ ।

स्वास्थ्य मन्त्रालय र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग समन्वय गरेर निषेधाज्ञा थप गर्नेबारे आज जिर्णय गर्ने जनाइएको छ । उपत्यकामा गत बैशाख १६ गतेदेखि लगाईएको निषेधाज्ञा सोमबार राति १२ बजेदेखि सकिँदै छ ।

अहिले समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ । निजी सवारी साधन तथा ट्यासीमा जोर–बिजोर प्रणाली लागु गरिएको छ ।

सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ ।
विज्ञहरुले कोरोना संक्रमणको त्रास कायमै रहेकोले सार्वजनिक यातायात खुलाउन हतार नगर्न सुझाव दिएका छन् ।

उपत्यकामा बजार मात्रै खोल्दा पनि संक्रमणको अवस्था जटिल बन्नसक्ने उनीहरुको चेतावनी छ ।