देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इटाली र डेनमार्कले युरो २०२० को क्वाटरफाइनलमा स्थान बनाए

देशान्तर

Image

युरो २०२० अन्तर्गत प्रि क्वाटरफाइनलमा जित निकाल्दै इटाली र डेनमार्कले अन्तिम आठमा स्थान सुरक्षित गरेका छन् । शनिबार राति भएको खेलमा इटालीले अस्ट्रियालाई २–१ गोल अन्तरले पराजित गर्दा डेनमार्कले वेल्सलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।


इटालीले जित निकाल्न भने अतिरिक्त समय कुर्नुपरेको थियो । पहिलो र दोस्रो हाफको निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी गरेपछि थप गरिएको ३० मिनेटको समयमा इटालीले २ गोल गर्दा अस्ट्रियाले १ गोल फर्काएको थियो ।


अतिरिक्त समयको ९५ औं मिनेटमा इटालीले अग्रता दोब्बर बनाएको थियो । डोमोनिको बेराडीलाई प्रतिस्थापन गर्दै ८४ औं मिनेटमा मैदान प्रवेश गरेका फेड्रिको चिएसाले गोल गर्दै खडेरी तोडेका थिए । १ गोलले अग्रता लिएपछि इटालीले सुधारिएको प्रदर्शन गरेको थियो ।


यसैगरी १०५ औं मिनेटमा इटालीले अग्रता दोब्बर बनाएको थियो । उसका लागि म्याटियो पेस्सिनाले गोल गरेका थिए । २ गोलले पछि परेको अस्ट्रियाले ११४ औं मिनेटमा एक गोल फर्काए पनि अर्को चरणमा पुग्नका लागि पर्याप्त भएन । अस्ट्रियाका लागि सासा कलाज्डिचले गोल गरेका थिए ।

Image


यस्तै, शनिबार राति भएको पहिलो खेलमा डेनमार्कले वेल्समाथि ४–० गोल अन्तरले पराजित गरेको थियो । निर्धारित समय सकिन केही सेकेण्ड बाँकी रहेका बेला वेल्स १० खेलाडीमा समेटिएको थियो । उसका ह्यारी विल्सन रातो कार्ड पाउँदै मैदान छाडेका थिए । त्यसपछि डेनमार्कले चौथो गोल थपेको थियो । उक्त गोललाई भारले मान्यता दिएको थियो ।

डेनमाकको जितमा कास्पर डोलबर्गले २७ र ४८ औं मिनेटमा लगातार दुई गोल गरेका थिए । तेस्रो गोल जाओकिम माहेलले ८८ औं मिनेटमा गरे भने दोस्रो हाफको अतिरिक्त चौथो मिनेटमा मार्टिन ब्रेथह्वाइटले थपेका थिए ।
युरो अन्तर्गत आइतबार पनि २ वटा खेल हुने भएका छन् । पहिलो खेलमा नेदरल्याण्ड्स र चेक रिपब्लिक तथा दोस्रो खेलमा पोर्चुगल र बेल्जियम आमने सामने हुने छन् ।