काठमाडौं– यातायात व्यवस्था विभागले कोभिडको दोश्रो लहर सुरु भएपछि स्थगित गरेको सवारी चालक अनुमतिपत्रको बितरण पुनः सुरु गर्ने भएको छ ।
श्रावण महिनाबाट ट्रायल पास गरेको सुरूको एक वर्ष अवधिका लागि क्यूआर कोडसहितको छुट्टै कार्ड जारी गर्न लागिएको हो ।
यो सँगै विभागले अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्नेछ । ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल अवधिको लागी पिभिसी कार्ड र परीक्षणकाल उत्तीर्ण भएपछि चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र उपल्ब्ध गराउने यातायात ब्यवस्था बिभागका महानिर्देशक नवराज घिमिरेले बताएका छन् ।
विभागका महानिर्देशक नवराज घिमिरेले क्यूआर कोडसहितको छुट्टै पीभीसी कार्ड ल्याउन लागेको जानकारी दिँदै यसलाई एक वर्षको परीक्षण अवधिको रुपमा उपयोग गर्न सकिने जानकारी दिए । परिक्षण अवधिमा ५ पटक सम्म कारवाहीमा परेको खण्डमा उक्त क्युआर कोड सहितको पिभिसी कार्ड रद्द हुने बिभागका महानिर्देशक घिमिरेले बताए । उनका अनुसार ट्रायल पास गरेका चालकलाई एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स प्रदान गरिने र त्यस अवधिका लागि क्यूआर कोडसहितको लाइसेन्स प्रदान गरिनेछ ।
पीभीसी कार्डमा स्मार्ट लाइसेन्सको जस्तो चिप हुँदैन । पीभीसी कार्डमा ‘बार कोड’ हुन्छ । बारकोडमा सवारी चालकको सम्पूर्ण विवरण समावेश गरिएको हुन्छ । प्रहरीले आफ्नो मोबाइल मार्फत बार कोड स्क्यान गर्र्ने बितिकै त्यो अनुमतिपत्र नक्कली हो या सक्कली भन्ने थाहा पाउँछन् भने चालकको सम्पुर्ण बिवरण थाहा पाउन सक्ने छ ।
प्रतिक्रिया