काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ रजिष्ट्रेशन र परीक्षा फारम बुझाउने मिति थप गरेको छ ।
कक्षा ११ र १२ को नियमित, आंशिक तथा ग्रेडवृद्धि परीक्षाको परीक्षा आवेदन फारम तथा शैक्षिक सत्र २०७७र७८ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिष्ट्रेशन फाराम बुझाउने मिति थप गरेको हो ।
यसअघि बोर्डले चैत मसान्तसम्म फाराम भर्न समय तोकेको थियो । चैतभित्र फाराम बुझाउन नपाएकाहरूले असार २० गतेसम्म दोब्बर शुल्क तिरेर परीक्षा र रजिष्ट्रेशन फारम बुझाउन सक्नेछन् ।
परीक्षा आवेदन फारमका लागि १२ सय रुपैयाँ र रजिष्ट्रेशन फारामका लागि ८ सय रुपैयाँ तोकिएको राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया