देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निजी विद्यालयले अतिरिक्त शुल्क लिएपछि अभिभावक महासंघको आपत्ति

देशान्तर

काठमाडौँ – रुपन्देहीका केही निजी विद्यालयहरूले विद्यार्थीहरूसँग अनलाइन कक्षा शुल्क बाहेक अतिरिक्त शुल्क लिएको भन्दै नेपाल अभिभावक महासंघले आपत्ति जनाएको छ ।

कोरोना महामारी र त्यसपछि संचालन भएका निजी विद्यालयहरूले विद्यालयमा उपस्थित नभएका विद्यार्थीबाट कम्प्युटर, नृत्य, यातायात लगायतको शुल्क लिएको प्रति अभिभावक महासंघले आफ्नो ध्यानाकर्षण भएको एक प्रेश विज्ञप्ती जारी गर्दै जनाएको छ ।

साथै निजी विद्यालयले अतिरिक्त विषयमा विद्यार्थीबाट लिएको शुल्क अविलम्ब फिर्ता गरिनुपर्ने पनि माग गरिएको छ ।

महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली तथा लुम्बिनी प्रदेश अध्यक्ष हेमबहादुर थापाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै निजी विद्यालयको रवैयाप्रति आक्रोश व्यक्त गरेका छन् ।

निजी विद्यालयले उक्त निर्णयलाई नसच्याए आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने महासंघले चेतावनी दिएको छ ।