तेह्रथुम – तेह्रथुमको लालिगुँरास नगरपालिकामा तीनथान भरुवा बन्दुकसहित तीनजना पक्राउ परेका छन्।
विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार लालिगुँरास १ भुल्केबाट उनीहरुलाई शुक्रबार दिउँसो पक्राउ गरिएको हो।
कार्यालयले पक्राउ पर्नेमा ३६ वर्षीय रामबहादुर गुरुङ, ३५ वर्षीय मनोज गुरुङ र ३४ वर्षीय प्रेम गुरुङ रहेका छन् । उनीहरुलाई लसुनेस्थित प्रहरी चौकीबाट खटिएको टोलीले बन्दुक बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको थियो।
बन्दुकसहित भेटिएपछि उनीहरु भाग्न खोजेको प्रहरीले जनाएको छ। हाल पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय बसन्तपुरको टोलीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया