काठमाडौँ – युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु शुरू हुँदैछन् । नकआउट चरण अन्तर्गत आज राति दुई खेल हुँदैछन् । पहिलो खेलमा वेल्स र डेनमार्क तथा दोस्रो खेलमा इटाली र अष्ट्रिया भिड्दै छन् ।
नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने वेल्स र डेनमार्कबीच खेल राति ९:४५ बजे शुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ । डेनमार्क समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । डेनमार्क समूह चरणमा फिनल्याण्ड र बेल्जियमसँग पराजित भएको थियो भने अन्तिम खेलमा रुसलाई हराएको थियो ।
वेल्स भने समूह चरणको पहिलो खेलमा स्वीट्जरल्यान्डसँग बराबरीमा रोकिएकोमा दोस्रो खेलमा टर्की र तेस्रो खेलमा इटालीलाई हराउदै अन्तिम १६ मा पुगेको हो । डेनमार्क र वेल्सबीच १० पटक प्रतिस्पर्धा भएको छ । जसमा डेनमार्क ६ पटक विजयी हुँदा वेल्सले ४ खेल जितेको छ ।
आजै राति इंग्ल्यान्डमा इटाली र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल राति १२:४५ बजे हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । इटाली समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । इटालीले टर्की, स्वीट्जरल्यान्ड र वेल्सलाई हराउँदै अन्तिम १६ मा पुगेको हो ।
अष्ट्रियाले नर्थ म्यासेडोनिया र युक्रेनलाई पराजित गरेको थियो भने नेदरल्यान्ड्ससँग हारेको थियो । इटाली र अष्ट्रियाबीच अहिलेसम्म भएका १३ खेलमा इटालीले एक खेल पनि हारेको छैन ।
प्रतिक्रिया