देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रगानका गायक थापाको निधन

देशान्तर

काठमाडौँ – राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायक मध्येका एक अजय थापाको शुक्रबार कोरोनाबाट निधन भएको छ । मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उनलाई गत आइतबार कोरोना सङ्क्रमण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ः ०० बजे उनको निधन भएको बी एन्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए । उनका पत्नी राधा थापासमेत कोरोना सङ्क्रमण भएर सोही हस्पिटलमा उपचाररत रहेका छन् । उनका दुई छोरी र एक छोरा अमेरिकामा रहेका छन् ।

छोरीहरू बिहीबार काठमाडौँ आइपुगेका र छोरा शनिबार आइपुग्ने उनका छिमेकी तथा पत्रकार सचिन सुब्बा याक्सोले बताए । विसं २०६२-६३ को जनआन्दोलन सफल भएपछि व्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको हो । यसलाई नेपालको संविधान २०७२ मा राखिएको छ ।