काठमाडौँ – केहि साता अघि दक्षिण अफ्रीकाको राजधानी प्रिटोरियमा एक महिला १० बच्चालाई जन्म दिएको खबर झुटो प्रमाणित भएको छ । विश्व रेकर्डको रुपमा हेरिएको यो घटना झुटो ठहर भएको दक्षिण अफ्रीकाका सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।
अनुसन्धान गरेको स्थानीय सरकारले ३७ बर्षिय गोसियामे सिथोले पछिल्लो समय प्रेग्नेन्टनै नभएको तर उनी अहिले अस्पतालमै रहेको उल्लेख गरेको छ । स्थानीय सरकारले यस समाचारलाई सबै भन्दा पहिला प्रकाशित गर्ने प्रेटोरिया न्यूजका सम्पादक पिएट रामपेडीलाई कानुनी कारवाही गर्न आदेश दिएको छ ।
स्थानीय राज्यका गभर्नरले विज्ञप्ति जारी गर्दै स्वास्थ्य परिक्षणमा गोसियामेले कुनै बच्चालाई जन्म नदिएको र उनी गर्भवती पनि नभएको उल्लेख गरेका छन् । साथै उनले झुटो समाचार प्रकाशित गर्ने प्रेटोरिया न्यूजका सम्पादक पिएट रामपेडी र प्रकाशक इन्डेपेन्डेन्ट ग्रुपलाई कारवाही गर्न महान्यायाधिवक्ताको कार्यालयलाई निर्देशन दिएका छन् ।
त्यस्तै सम्पादक रामपेडी आफुले महिलाको दाबिलाई थप पुष्टि नगरेको भन्दै माफी मागेको मिडिया रिपोर्टमा उल्लेख छ । उनले महिलाले १० बच्चा जन्माए भन्ने दाबि गरेर समाचार आएपछि आफुले त्यसलाई क्रसचेक गर्नु र थप प्रमाण आवश्यक नठानेको उल्लेख गरेका छन् । यसअघि ति महिलाले ७ बालक र ३ बालिकालाई जन्म दिएको समाचार प्रकाशित भएको थियो ।
प्रतिक्रिया