काठमाडौँ – प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्न बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठक प्रतिपक्षी दलहरुले अवरुद्ध गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टी ९जसपा० ले असंबैधानिक तरिकाले बजेट ल्याएको भन्दै प्रदेश सभाको बुधबारको बैठक चल्न नदिएका हुन् । सभामुख अर्जुनबहादुर थापाले बैठकको कारबाही शुरु गर्नासाथ उठेर कांग्रेस र जसपाका प्रदेश सांसदहरुले बैठक अबरुद्ध गरेका थिए ।
सभामुख थापाले बैठक अबरुद्ध गर्नुको कारण सोधेपछि नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्द बोहराले प्रदेश सभा सचिवालयमा दर्ता भएको आगार्मी आर्थिक वर्ष २०७८र७९ को बजेट ल्याउनका लागि सुदूरपश्चिम प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यायदेश नेपालको संविधान र प्रदेश सभा नियमावली विपरित रहेको बताए ।
उनले नेपालको संविधानको धारा २०२ र सुदूरपश्चिम प्रदेश सभा नियमावलीको परिच्छेद १४ को प्रक्रिया नप¥याएर बजेट ल्याएको हुनाले नेपाली कांग्रेसले विरोध गरेको जनाए ।
यसअघि, सोमबार र मंगलबारको प्रदेश सभा बैठकमा नेपाली कांग्रेसका सांसदहरुले विचौलियाले ल्याएको योजनामा बजेट परेको र असंबैधानिक रुपमा बजेट ल्याएको भन्दै विरोध गरेका थिए । उनीहरुले प्रदेश सभाको संसदीय समिति बनाएर बजेटमा सुधार गर्नुपर्ने अन्यथा बजेट पास हुन नदिने चेतावनी दिएका थिए ।
नेपाली कांग्रेस संसदीय दलका नेताले डा। रणबहादुर रावलले पहिले सो अध्यादेशलाई संसद्बाट पास गर्नुपर्नेमा सिधै नीति तथा कार्यक्रम र बजेट ल्याएको हुनाले संविधानको बचाउका लागि विरोध जनाएको बताए । उनले प्रक्रिया र बजेट तथा योजना नसच्याएसम्म संसद् चल्न नदिने बताए ।
प्रतिक्रिया