देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ललितपुरमा भोलि कोभिशिल्ड खोपको दोस्रो डोज लगाइँदै

देशान्तर

ललितपुर – ललितपुर महागरपालिकामा कोभिशिल्ड कोरोना खोपको दोस्रो डोज लगाइने भएको छ । बुधबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म पहिलो खोप लगाएका महानगरवासीलाई खोप लगाउन लागिएको हो ।

यसअघि पहिलो डोज लगाएका ७५ वर्षमाथिका दुई हजार २२० जना ज्येष्ठ नागरिकका साथै जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयमसेवकहरु गरी दुई हजार ५०० जनाले खोप लगाउन पाउने छन् । खोप लगाउनेले सम्बन्धित वडा कार्यालयको सिफारिस, पहिलो डोज खोप लगाएको कार्ड र उमेर खुल्ने प्रमाणपत्र समेत लिएर उपस्थित हुनु पर्ने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

खोप लगाउनका लागि लगनखेलको पशु सेवा केन्द्र, पाटन हाइस्कुल, महानगरपालिकाको प्राङ्गण, धापाखेल स्वास्थ्य चौकी, बालकुमारी स्कुल, कार्यविनायक स्कुल, हरिसिद्धि स्वास्थ्य चौकी र सैबु स्वास्थ्य चौकीमा केन्द्र तोकिएको छ ।