प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि आज बोलाइएको हो ।
यसअघि जेठ २५ गते सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलमा बोलाएको थियो । सर्वाेच्चले लिखित जवाफ माग गरेपछि फेरि मिन्त्रपरिषद् विस्तार गरेकाले पुरक निवेदनसमेत दर्ता भएको छ ।
यसअघि न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विपक्षीलाई मन्त्रिपरिषद् पुनर्गठनको कारण लिखित रुपमा पेश गर्न आदेश दिएको थियो ।
अब दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिने वा नदिने टुंगो लगाउनेछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र राजकुमार सुवालसहित ६ जनाले मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध रिट दायर गरेका छन् ।
आज सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेमा पछिल्लो पटक दुई पटक विस्तार भएको मन्त्रिपरिषद् बदर हुनेछ ।
रिटमा कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गरिएको छ ।
प्रतिक्रिया