काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षका केन्द्रीय नेताहरुले सभापति शेरबहादुर देउवालाई उपसभापति विमलेन्द्र निधिसँग ‘वान अन वान’ वार्ता गर्न सुझाव दिएका छन् । साथै उनीहरुले पनि निधिलाई मनाउन पहल गर्ने भएका छन् ।
कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पनि देउवाले फेरि सभापतिमा उठ्ने तयारी गरेका छन् । संस्थापन समूहमा दोस्रो बरियतामा रहेका निधिले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् । शनिबार भएको छलफलमा पनि देउवा र निधिले सभापतिमा एकअर्कालाई सहयोग गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया