देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वर्षाले भत्कायो कारागार पर्खाल

देशान्तर

कालीकोट – लगातारको वर्षाका कारणले जिल्ला कारागार कालीकोटको पर्खाल भत्किएको छ । पुरानो जीर्णाद्धार भवनसहितको चिरा परेको पर्खा वर्षाले भत्काएको हो । कारागारको पर्खाल भत्ँकिदा कैदीबन्दी जाखिममा परेका छन् । जेलर नरबहादुर सार्कीले १५ मिटर जति पर्खाल भत्कि सकेको जानकारी दिए ।

“कारागारको एउटातर्फको पर्खाल भत्किएको छ र अर्कोतर्फ पर्खाल भत्किन लागेको छ”, उनले भने, “पर्खाल भत्ँकिदा कारागार सुरक्षामा खटिएका प्रहरीले पाल टाँगेर सुरक्षा दिएका छन् । कैदीबन्दी पनि जोखिममा परेका छन् ।”

पच्चीस जनाको क्षमता भएको ‘घ’ श्रेणीको कारागारमा हाल कारागारमा ७४ कैदीबन्दी रहेको छन् । २०३२ सालमा बनेको कारगार भवनको अति जीर्ण अवस्था भएका कारण ०७३ साल चैत १३ मा एकजना कैदी भागेका थिए । कालीकोटका खाडाँचक्र र तिलागुफा नगरपालिका, शुभकालिका, नरहरिनाथ , पचालझरना र पलाता गाउँपालिकामा २७ घरटहरा भत्ँकिदा १३७ जना विस्थापित भएका छन् ।

जिल्लाका केही स्थानीय तहबाट पहिराको क्षतिबारे विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए । उनले नरहरिनाथ-९ लालुको शीतलपानीको दलित बस्ती पनि पहिराका जोखिममा परेको जानकारी दिए ।