काठमाडौं– जना समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीको कार्यकारिणी समिति सदस्यमा व्यापक हेरफेर गरेका छन् ।
प्रथम अध्यक्ष आफू नै भएको दावी गर्दै प्रथम अध्यक्षका हैसियतले कार्यकारिणी समितिमा हेरफेर गरेका छन् ।
उनले कार्यकारिणस् समितिका वर्तमान २० सदस्यलाई हटाएर आफू निकटलाई मनोनित गरेका छन् । पूर्व सामाजवादीका १४ जना र पूर्व राजपाका ६ जनालाई केन्द्रीय कार्यकारिणी समितिमा मनोनित गरेका छन् । शुक्रबार कार्यकारिणी समितिमा हेरफेर गर्दै निर्वाचन आयोगमा ठाकुरले पत्र पठाएका छन् ।
गत पुस १० गते बसेको जसपा कार्यकारिणी समितीको बैठकले ठाकुरलाई प्रथम अध्यक्षको हैसियतमा कार्यकारिणी समितिको हेरफेर तथा पुनर्गठन गर्ने अधिकार दिएको र सोही अनुसार आफूले समिति हेरफेर गरेको ठाकुरको दावी छ ।
ठाकुर पक्षले निर्वाचन आयोगमा पुस ५ गतेको कार्यकारिणी समितिले गरेको निर्णयको प्रतिलिपी पनि पेश गरेको छ । शुक्रबार नै उपेन्द्र यादवले दलको आधिकारिता दावी पेश गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष र विपक्षमा दुई समूह बाँडिएपछि जसपाभित्र विवाद उब्जिएको हो । अहिले ठाकुर पक्षबाट ९ जना केन्द्र सरकारमा मन्त्रीको हैसियतमा छन् ।
उपेन्द्र यादव पक्षले भने ती नौ जनालाई नै पार्टीबाट निष्काशन गरेको छ । जसपामा यादव र ठाकुर दुवै पक्षले एक अर्कालाई कारबाही गरेका छन् । दुवै पक्षको दावीलई निर्वाचन आयोगले नमानेपछि यादव पक्षले आधिकारीकताको दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।
प्रतिक्रिया