काठमाडौँ – गएराती मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु इलाका प्रहरी कार्यालयको तीन तले भवन ढलाएको छ । बाढीको उच्च जोखिम भएकोले प्रहरीले सो भवन छोडिसकेको थियो ।
यस्तै ग्याल्थुममा रहेको इष्ट पोइन्ट माध्यमिक बिद्यालयको भवन रहेको जमिन कटान हुँदा ढल्ने अवस्थामा पुगेको छ । हेलम्बु क्षेत्रका तालामाराङ्, ग्याल्थुम, शेरा, चनौटे, किउल, तिम्बु, अम्बाथान लगायतका स्थानमा नदी छेउ रहेका बस्तीहरु बगरमा परिणत भएका छन् ।
बाढीले क्षति पुर्याउदै आएको ४ दिन बित्दासमेत सरकारको मुख देख्न नपाएको भन्दै स्थानीयले आक्रोश ब्यक्त गरेका छन् । गत असार १ गतेदेखि मेलम्ची खोलामा निरन्तर बाढी आइरहेको छ । सो बाढीले दर्जनौ ब्यक्ति बेपत्ता पारेको छ भने भौतिक संरचना तथा खेतीयोग्य जमिन तहसनहस पारेको छ ।
प्रतिक्रिया