देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

देशान्तर

काठमाडौँ — दुई अध्यक्षबीच आधिकारिकता विवादमा परेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले सशरीर निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ । ५१ सदस्सीय कार्यकारिणी समितिका ३० सदस्य उपस्थित यादव पक्षको बैठकले आधिकारिकता दावी गर्न आयोगमा उपस्थित हुने निर्णय गरेको हो ।

बैठकले आधिकारिकता दावी गर्न नागरिकतासहित बहुमत सदस्यहरु निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ, पार्टीका नेता डम्बर खतिवडाले कान्तिपुरलाई भने ।

अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि आधिकारिकता दावी गरेको छ । दुवै अध्यक्षले एक अर्कालाई कारबाही गरेका छन् । दुवैले कारबाही गरेको सूचना अद्यावधिक गर्न निवार्चन आयोगले अस्वीकार गरिसकेको छ ।