देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अदालतलाई प्रधानमन्त्री ओलीको लिखित जवाफ पेश

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सम्बन्धी मुद्दाका सम्बन्धमा सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्दै संविधानमा निर्दलीयताको परिकल्पना नरहेको उल्लेख गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तको मागसहित प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिटमा प्रधानमन्त्री ओलीले लिखित जवाफ दिएका हुन् । निवेदकको माग अनुसार अदालतले गरेकामा निर्दलीय व्यवस्था आउने र त्यसको कल्पना संविधानमा नरहेको जवाफ ओलीको छ ।

प्रधानमन्त्री ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दाबी गरेका छन् । अदालतमा लिखित जवाफमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘संविधानको धारा ७६ ले प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपति बाहेक कसैलाई दिएको छैन ।’