काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा तथा बाढीबारे जानकारी दिन टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । अबदेखि सर्वसाधरणले ‘११५५’ नम्बरमा कल गरी बाढी र वर्षाबारे जानकारी लिन सक्नेछन् ।
यसमा फोन गर्दा कुनै शुल्क लाग्ने छैन । कतातिर पानी परिरहेको छ, खोला तथा नदी कता बढेका छन् लगायत आफूलाई चाहिएको मौसमसम्बन्धि जानकारी सो नम्बरमा डायल गरी प्राप्त गर्न सकिनेछ ।
प्रतिक्रिया