काठमाडौँ – गम्भीर बिरामी भएर उपचारका लागि दिल्ली जान लागेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई एमाले महासचिव ईश्वर पोखरेलले भेट गरेका छन् ।
नेता खनाल थप उपचारका लागि दिल्ली जान लागेको खबर पाएपछि एमाले महासचिव पोखरेल बुधबार उनलाई भेट्न थापाथलीस्थित नर्भिक अस्पताल पुगेका हुन् । ।
आफूलाई भेट्न आएका महासचिव पोखरेललाई खनालले पार्टी एकताका लागि भूमिका खेल्न आग्रह गरेको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । ‘जेएन कामरेडले पार्टी एकताका लागि भूमिका खेल्न महासचिवलाई आग्रह गर्नुभयो,’ पाण्डेले भने, ‘महासचिवज्यूले तपाई चाँडै निको भएर आउनुहोला, त्यसपछि छलफल गरौंला भन्दै स्वास्थ्यलाभको कामना गर्नुभयो ।
अक्सिजनको सपोर्टमा उपचारत खनाल बोल्न सक्ने अवस्थामै रहे पनि स्वास्थ्य स्थिति जटिल देखिएको पाण्डेले बताए ।
प्रतिक्रिया