देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आत्मघाति गोलका कारण जर्मनी स्तब्ध

देशान्तर

युरो कप फुटबलको समूह एफमा रहेको फ्रान्सले जर्मनीलाई १–० गोल अन्तरले पराजित गरेको छ । फ्रान्सको जितमा उपहार गोल नै पर्याप्त भयो ।

जर्मनीका मेट हमेल्सले आत्मघाति गोल गरेपछि त्यही गोल नै निर्णायक भएको थियो । फ्रान्सका हर्नान्डजको प्रहारलाई हमेल्सले आफ्नै पोस्टमा प्रहार गरको थिए ।


फ्रान्सविरुद्ध जर्मनीको युरो कपमा ५० औं खेल रहेको थियो । धेरै म्याच खेल्ने रेकर्ड बनाएको जर्मनी नतिजाले भने निराश भएको छ ।


फ्रान्स पछिल्लो ६१ वर्षमा युरो कपको ओपनिङ म्याचमा पराजित भएको छैन ।


उता, जर्मनी भने युरो कपको ओपनिङ म्याचमा पहिलो पटक पराजित भएको छ ।


पहिलो हाफमा दुवै टिमले बराबर जसो मौका पाएका थिए । २० औं मिनेटमा आत्मघाती गोल बाहेक फ्रान्सका पोल पोग्बा र ग्रीजम्यानले पनि पोस्ट चार्ज गरको थिए । उता, जर्मनीले लगातार आक्राम फुटबल खेलेको थियो ।थाेमस मुलर, जोशुआ किमिच र गुन्डोनले गरेको प्रहार गोलमा परिणत भएन ।
दोस्रो हाफमा फ्रान्सले पनि काउन्टर अट्याक गरेको थियो । करिम बेन्जेमा, कीलियन एम्बाप्पे र ग्रीजम्यानले गरेको प्रहार खेर गएको थियो ।
५२ औं मिनेटमा रेवियटले गरेको गोलले मान्यता पाएन भने ६६ औ मिनेटमा एम्बाप्पेको गोलले पनि मान्यता पाउन सकेन । ८६ औं मिनेटको एम्बाप्पेको गोललाई भारले मान्यता नदिए पछि अन्ततः फ्रान्स उपहार गोल मार्फत स्पष्ट तीन अंक लिन सफल भयो ।