युरो कप फुटबलमा पोर्चुगलले विजयी शुरुवात गरेको छ ।
मंगलबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन पोर्चुगलले हंगेरीलाई उसकै मैदानमा ३–० गोल अन्तरले पराजित गर्दै समूह एफमा महत्वपूर्ण तीन अंक लिन सफल भयो । यसमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले २ गोल गर्दा राफाल गुरेरोले एक गोल गरे ।
कप्तान रोनाल्डो पाँच युरो कप खेल्ने खेलाडी प िनबनेका छन् । यसैगरी उनले युरो कपमा सर्वाधिक ११ गोल गरेर रेकर्ड पनि आफ्नो नाममा सारेका छन् ।
उनले फ्रान्सका पूर्व फुटबलर माइकल प्लाटिनीर्ला पछि पारेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पोर्चुगलले अन्तिम ८ मिनेटमा ३ गोल गरेको थियो । पोर्चुगल अन्तिम १० मिनेटमा ३ गोल गर्ने पहिलो टिम पनि बनेको छ ।
८४ औं मिनेटमा राफा सिल्भाको पासमा राफेल गुरेरोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
८७ औं मिनेटमा हंगेरीका आर्बनले राफा सिल्भालाई फल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गरेका थिए ।
त्यसको पाँच मिनेटमै रोनाल्डोले सिल्भाको पासमा टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे ।
प्रतिक्रिया