बुटवल – लगातकारको वर्षाका कारण इस्मा गाउँपालिकाका दुई वटा घर भत्किएका छन् । गाउँपालिकाको वडा नम्वर पाँच मैदानका राजेश परियारको निमार्णाधिन घर भत्किदा उनकी २९ वर्षीषा श्रीमती जानकी परियार घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिए ।
घरका अन्य सदस्यहरु सकुशल रहेका छन् । उनिहरुको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक महेश्वर उपाध्यको नेतृत्वको टोलीले उद्धार गरेको हो । त्यस्तै वडा नम्वर एक उजुङ्गका छत्र बाहदुर पछाईको घर पनि पहिरोले भत्किएको छ । माथिबाट पहिरो सहित खसेको ठुलो ढुंगाले घरमा पुर्ण रुपमा क्षेती पुगेको इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन् ।
उनिहरुलई सुरक्षीत स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ । लगातार वर्षाका कारण जिल्लाका विभिन्न सडक खण्डहरु अबरुद्ध भएका छन् । भने बस्तीहरुमा पनि क्षेती पुगेको छ । घटनाको विविरण आउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया