देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेकै भातृसंगठन युवा संघले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

देशान्तर

काठमाडौँ – नेकपा एमालेको भातृसंगठन युवा संघ वागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । प्रतिनिधि सभा विघटन गरेर गल्ती गरेको भन्दै अध्यक्ष या प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिएर पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेको हो ।

‘एक व्यक्ति एक पदलाई कायम गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आमकार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नको लागि जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

u1.jpg
u2.jpg