काठमाडौं – गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख सिताकुमारी पौडेलले प्रदेशसभामा सोमबार पेश गरेकी नीति तथा कार्यक्रम मंगलबार बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रम पारित भएपछि आजै प्रदेशको बजेट सार्वजनिक हुँदैछ । आजै अपराहन्न ४ बजे मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
मंगलबार नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विभिन्न विषयमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिदै प्रदेशका नागरिकको जीवनरक्षा नै पहिलो प्राथमिकता भएको बताएका थिए । नीति तथा कार्यक्रममा गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राखेको छ ।
प्रतिक्रिया