देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको मुल्य स्थिर

देशान्तर

काठमाडौं – मंगलबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहदै ९३ हजार २ सयमा नै कारोबार भइरहेको छ ।

यसअघि सोमबार पनि छापावाला सुन तोलाको ९३ हजार २ सयमा नै कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य भने तोमाला १० रुपैँयाले घटेर प्रतितोला १३५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।