काठमाडौँ– नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार देशभर ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ।
त्यसैगरी गएको २४ घन्टामा ५ हजार १ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा ९ हजार ४ सय ३८ पीसीआर तथा ५ हजार ३ सय ८१ एन्टिजेन परीक्षण भएको छ।
प्रतिक्रिया