देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपत्यकामा खानेपानीको तालिका फेरियो

देशान्तर

काठमाडौं – सरकारले असार १ गतेदेखि मेलम्ची पानी नआउने भएपछि नयाँ खानेपानी तालिका सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सोमबार प्रकाशित गरेको तालिकामा चार दिनदेखि १२ दिन बिराएर धारामा पानी आउने छ।

तालिका अनुसार महाँकालचौरबाट वितरण गर्ने पानी ७ दिन बिराएर पुरानो बानेश्वर,सिनामंगल,मैतिदेवी,सिफल कालोपुल, चावहिल, विशालनगर, मित्रपार्क, हाडिगाउँ, मालिकागाउँमा खानेपानी आउने छ।​

सैंबु ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर ललितपुर,सानेपा,मंगलबजार,कुपन्डोलमा पानी आउने छ। त्यस्तै,बाँसबारीबाट वितरण हुने पानी पाँच दिन बिराएर रानिबारी,लाजिम्पाट,नर्सरीचोक,गैरिधारामा खानेपानी आउने छ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी नआउने भएपछि पानी वितरणको कमी आएको खानेपानी लिमिटेडले जनाएको छ। सुरुङ खाली गरेर परीक्षण गर्नुपर्ने भएकोले अब करिब दुई महिना मेलम्ची पानी नआउने बताइएको छ।