काठमाडौँ – ललितपुरको धोबीघाटस्थित मेघा अस्पतालमा कोरोना संक्रमितको निशुल्क उपचार भइरहेको छ।
सरकारले मेघा अस्पतालाई कोरोना अस्पतालका रुपमा रुपान्तरित गरेपछि त्यहाँ संक्रमितको निशुल्क उपचार भइरहेको हो।
१०० बेड क्षमताको उक्त अस्पतालमा अहिले कोरोना संक्रमितको निशुल्क उपचार भइरहेको मार्केटिङ चिफ ओम खड्काले जानकारी दिए।
अस्पतालमा २ वटा भेन्टिलेटर र ९ वटा आइसियूसहित १०० वटा बेड रहेका र ती सबैमा कोरोना संक्रमितको उपचार भइरहेको खड्काले जानकारी दिए।
उनका अनुसार बिरामीको उपचारमा लाग्ने औषधि बाहेकको सबै उपचार निशुल्क हुने व्यवस्था गरिएको छ।
सरकारले मेघा अस्पताललाई पनि कोभिड अस्पतालका रुपमा रुपान्तरण गरेको थियो। मेघा अस्पतालले कोरोना महामारी सुरु भएदेखि नै संक्रमितको उपचार गर्दै आएको छ।
प्रतिक्रिया