देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेयर बजारमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दु पुग्यो नेप्से

देशान्तर

काठमाडौँ – आइतबार नेप्से परिसूचकमा उछाल आएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३८.३२ अंकले बढेर २९८३.११ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो । गत जेठ २५ गते २९६० दशमलव १४ विन्दुमा पुगेको थियो ।

सेयर बजारमा उछाल आएसँगै आज कारोबार रकम समेत हालसम्मकै उच्च भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक उच्च विन्दुमा पुग्दा झण्डै २० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार यस दिन दुई सय २० कम्पनीको एक लाख ८२ हजार ४३० पटकको व्यापारमा तीन करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयरको खरिदबिक्री हुँदा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार ४४ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । आज नेपाल इन्स्योरेन्सका लगानीकर्ताहरूले सर्वाधिक ४.१५ प्रतिशतले गुमाएका छन् । दोस्रोमा युनाइटेड आईडीआई मर्दीको २.८३ प्रतिशतले शेयर मूल्य घटेको छ ।