देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाण्डौ महानगरभित्र सोबारदेखी भेरोसेल खोप लगाइने

देशान्तर


काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले सोमवार देखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित भएको कार्यक्रम भोलिदेखि दुई दिन सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६० देखी ६१ वर्ष उमेर समूहका जयेष्ठ नागरिकलाई खोप लगाउन सुरु गर्न जिल्ला स्वास्थ्य कार्यलय काठमाण्डौले परिपत्र गरेअनुसार भोलिसोमबार देखि फेरि खोप कार्यक्रम सञ्चालन गर्न लागिएको महानगरपालिकाको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरले बताए ।
उनका अनुसार वीर अस्पताल, महाराजगञ्जमा रहेको शिक्षण अस्पताल, छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पताल र नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पतालमा गएर खोप लगाउन सकिनेछ ।

सोमबार असार १ गतेसम्म चल्ने खोप कार्यक्रममा ६० देखी ६१ वर्ष उमेर समूहका व्यक्तिसहित यसअघि भेरोसेलको पहिलो मात्रा लगाएकाहरू, स्वास्थ्यकर्मी, कोरोना सङ्क्रमितको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्स र प्यारामेडिक विद्यार्थी स्वास्थ्यकर्मीले पनि खोप पाउनेछन् ।

खोप बिहान १० देखि दिउँसो ४ बजेसम्म लगाउन पाइने महानगरपालिकाले जनाएको छ ।