देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीले गरे लिक्विड अक्सिजन प्लान्टको शिलान्यास

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट आज लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गरेका छन्। शिलान्यासपछि बालुवाटाबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको दोस्रो लहर सुरू भएपछि अक्सिजनको तीव्र अभाव भएको उल्लेख गर्दै अब अभाव हुन नदिन लिक्विड प्लान्ट स्थापना गरिन लागेको बताए।

अचानक बढेको उच्च मागलाई सम्बोधन गर्न त्यतिबेला देशमा उपलब्ध साधन स्रोत र संरचनासमेत अपर्याप्त भएपछि भारतबाट अक्सिजन आयात गर्ने लगायतका कामसमेत गरिएको प्रधानमन्त्रीले उल्लेख गरेका थिए। अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न सरकारका तर्फबाट भन्सार छुट लगायतका सहयोग हुने प्रधानमन्त्रीको भनाइ छ।

रुपन्देहीको सिमरहवामा स्थापना हुने यो अक्सिजन प्लान्टबाट प्रतिदिन कूल ६० मेट्रिकटन अक्सिजन उत्पादन हुन्छ।