देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँकेमा पाँचजना कोरोना संक्रमितको मृत्यु

देशान्तर

काठमाडौं – बाँकेमा कोरोना ९कोभिड(१९० संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बैतडी, बर्दिया, सल्यान, बाँके र दाङका एकरएकजना गरी कुल ५ जनाको मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुने यो संख्या शनिबार दिउँसो ३– ४५ देखि आइतबार बिहान ७ बजेसम्मको हो ।

बैतडीको पुर्चौडी नगरपालिका–८ का ५५ वर्षीय पुरुषको शनिबार दिउँसो ३-४५ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा जेठ १५ गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी बर्दियाको राजापुर नगरपालिका-१ की ४९ वर्षीया महिलाको शनिबार ४ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । उनीमा जेठ १० गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी सल्यानको कालिमाटी गाउँपालिका-२ का ४६ पुरुषको शनिबार राति १२–४५ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले बताए । उनीमा जेठ १ गते संक्रमण पुष्टि भएको थियो ।

दाङको लमही नगरपालिका-(१ की ३२ महिलाको आइतबार बिहान ७ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । उनीमा जेठ २० गते संक्रमण पुष्टि भएको थियो ।

बाँकेको बैजनाथ गाउँपालिका–५ का ६७ पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार बिहान ४-१० बजे मृत्यु भएको हो । उनीमा जेठ ५ गते संक्रमण पुष्टि भएको थियो ।