काठमाडौं – अनलाइनबाट सेयर खरिदबिक्री गर्न सकिने ट्रेड म्यानेजमेन्ट सिस्टम टीएमसएस मा हुने ‘अल अर नन’ एओेएन को दुरुपयोग गरी हुने गरेको चलखेल रोक्न नेपाल स्टक एक्सचेन्जले नयाँ व्यवस्था लागू गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि लागू हुने गरी आईओएन नै रोक्का गर्ने भएको हो । ठूला लगानीकर्ताहरुले टीएमएसमा कृत्रिम खरिद तथा बिक्री चाप देखाई चलखेल गर्ने गरेको बोर्डको निष्कर्ष छ ।
कृषिमा अर्डर देखाएर सेयर मूल्य घटबढ गराउन खोजिएको जस्तो देखिएकाले कारोबार सम्बन्धी विद्यमान व्यवस्थामा केहि फेरबदल गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । उनका अनुसार नेप्सेलाई भोलिदेखि नै लागू हुने गरी निर्देशन दिइएको छ ।
नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले बोर्डको निर्देशन कार्यान्वयन हुने बताए । अहिलेको व्यवस्थाले सक्रिय र पुराना लगानीकर्ताहरु नझुक्किए पनि नयाँ लगानीकर्ताहरु भने झुक्किन सक्ने खतरा भन्दै उनले नयाँ व्यवस्था पछि केहि सहज हुने बताए ।
प्रतिक्रिया