काठमाडौं – सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले स्रोत नखुलेको करिब ८ लाख रुपैयाँ बरामद गरेको छ ।
महोत्तरी सम्सी गाउँपालिका–५ पोखरभिण्डामा रहेको नेपाल भारत सीमा क्षेत्रबाट सात लाख ८९ हजार पाँच सय ५० रुपैयाँ बरामद गरिएको हो ।
गोराहारीमा बीओपीबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपाल तर्फ आउँदै गरेको व्यक्तिलाई चेक जाँच गरेको थियो । सो क्रममा भारतबाट नेपाल आउँदै गरेका एक व्यक्तिले शंकास्पद झोला फालेर हिँडेको सशस्त्रले जनाएको छ । सो झोलामा स्रोत नखुलेको पैसा भेटिएको हो ।
प्रहरीले सो रकम आवश्यक कारबाहीको लागि जलेश्वरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया