एजेन्सी – चीनको गान्सुमा आयोजित क्रसकन्ट्री माउन्टेन म्याराथनमा भाग लिनेमध्ये २१ जनाको मृत्यु भएको छ।
मे २३ मा आयोजना भएको उक्त प्रतिस्पर्धामा अधिक चिसोका कारण धावकहरुको मृत्यु भएको हो। सय किलोमिटरको क्रसकन्ट्री म्याराथनका क्रममा खराब वर्षाका साथै हिमपातसमेत भएको थियो।
म्याराथनसँग सम्बद्ध अधिकारीको लापरवाहीका कारण धावकहरुको ज्यान गएको बताइएको छ। आयोजकले मौसमबारे बेवास्ता गर्नुका साथै धावकलाई दिइएको कम्बलसमेत निकै सानो थियो।
प्रतिक्रिया