काठमाडौं – नेपाली कांग्रेसले बागमती प्रदेश सभा सांसद नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिई आत्मालोचना गर्न निर्देशन दिएको छ । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बाँनियाले विज्ञप्ति निकालेर आफ्ना अभिव्यक्ति फिर्ता लिन वैद्यलाई निर्देशन दिएका छन् ।
उनले भनेका छन्- ‘कांग्रेस सांसद नरोत्तम बैद्यले आज वाग्मती प्रदेशशभामा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । आलोचना गर्दा राख्नुपर्ने संयम,परिपक्वता र पार्टीको निति विपरीतको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न संसदीय दलको नेताको हैसियतले आग्रहसहित निर्देशन गर्दछु ।’
प्रतिक्रिया