देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अस्ट्रेलियाविरुद्ध नेपाली प्लेइङ-११ को घोषणा, को-को खेल्दै छन् ?

देशान्तर

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा समूह बी को अन्तिम खेलमा आज अस्ट्रेलियाको सामना गर्दै छ ।

खेल कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुदै छ । अस्ट्रेलियाविरुद्धको खेलको लागि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्लेइङ ११ को घोषणा गरेका छन् ।

फिफा वरियतामा ४१औ स्थानमा रहेको अस्ट्रेलियासँग नेपालले यो दोस्रो खेल खेल्दै छ । यसअघि २०१९ को अक्टोबरमा खेलेको खेलमा नेपाल ५-० गोल अन्तरले पराजित भएको थियो ।

आजको खेलमा गोलकिपरमा किरण चेम्जोङ, डिफेन्डरमा अनन्त तामाङ, रोहित चन्द छन् भने सुमन अर्याल र गौतम श्रेष्ठलाई विंगब्याकमा राखेका छन् । त्यस्तै एरिक विष्ट, पुजन उपरकोटी र विशाल राई मिडफिल्डमा रहेका छन् भने सुनिल बल, नवयुग श्रेष्ठ र सुमन लामा फरवार्डमा रहेका छन् ।