काठमाडौं – जनता समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अहिले नेपालमा व्यवस्था नै उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै डा. भट्टराईले नेपालको व्यवस्था उल्ट्याउन देशी-विदेशी शक्ति लागिपरेको बताएका छन् ।
‘संविधान मन नपराउने शक्ति यसमा खेलेका छन्’, उनले भने, ‘सचेत भएर अघि बढ्न सकेनौं भने व्यवस्था उल्ट्याई दिने तयारी भइरहेको छ ।’ उनले पटक- पटक भइरहेको संसद् विघटन पनि त्यसैको तयारी भएको बताएका छन् । ‘पटक-पटक संसद् विघटन गरियो’, उनले भने, ‘चुनाव नभएपछि संविधान फेल हुन्छ । त्यसमा खेल्ने ग्र्याण्ड डिजाइन भइरहेको छ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले पछिल्ला केहि समययता नेपालमा व्यवस्था नै उल्टाउने षड्यन्त्र भइरहेको दोहो-याउँदै आएका छन् । यस विषयमा आफले प्रधानमन्त्रीलाई सचेत गराउँदा समेत वेवास्ता भएको उनले बताउँदै आएका छन् ।
प्रतिक्रिया