जनकपुरधाम – धनुषामा पोखरीमा डुबेर पाँचजना बालिकाको मृत्यु भएको छ । धनुषाको मुखियारपट्टि मुसहरनिया ६ लक्ष्मणपुरका पाँच बालिकाको शुक्रबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो १२ बजेको समयमा घर नजिकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चाँदनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रतिक्रिया