देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँकेमा चारजना कोरोना संक्रमितको मृत्यु

देशान्तर

काठमाडौं – बाँकेमा कोरोना भाइरस ९कोभिड-१९० संक्रमणबाट थप चारजनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार दाङका दुई जना, बाँके र दैलेखका एकरएकजना गरी चारजनाका मृत्यु भएको हो ।

दाङको घोराही–७ की ४२ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार साँझ सात बजे र राजपुर गाउँपालिका–१ का ७७ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहीबार राति ९ बजे मृत्यु भएको उनले बताए । ४२ वर्षीया महिलामा जेठ ११ गते र ७७ वर्षीय पुरुषमा जेठ १८ गते संक्रमण पुष्टि भएको थियो ।

बाँकेको खजुरा गाउँपालिका–३ का ८० वर्षीय पुरुषको बिहीबार राति साढे १० बजे र दैलेखको भैरवी गाउँपालिका–७ का ६९ वर्षीय पुरुषको शुक्रबार बिहान १०ः४५ बजे भेरी अस्पतालमा मृत्यु भएको ओलीले बताए । ८० वर्षीय पुरुषमा जेठ १८ गते र ६९ वर्षीय पुरुषमा जेठ २४ गते संक्रमण पुष्टि भएको थियो ।