देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुख्यमन्त्री र मन्त्रीहरु उपस्थित नहुँदा गण्डकी प्रदेशसभाको बैठक स्थगित

देशान्तर

पोखरा – गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु सहभागी नभएको भन्दै बैठक स्थगित गरिएको हो । अर्को बैठक आगामी आइतबार १ बजे बस्ने गरि स्थगित भएको छहो ।

शुक्रवारको संसद बैठकमा सभामुख नेत्रनाथ अधिकारीले सांसद कृष्ण थापा पद मुक्त भएको र मुख्यमन्त्री विश्वास मत प्राप्त नगरेको सूचना वाचन गरि संसद स्थगन गरेका हुन् ।

बैठकमा मन्त्रीहरुको सहभागिता नभएको भन्दै सत्तपक्षले नै सदन नचलाउन आग्रह गरेको र सोही बमोजिम सभामुख अधिकारीले स्थगन गर्ने निर्णय गरेका थिए ।