देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देउवालाई प्रधानमन्त्री बनाउने खेल सफल नहुने अर्थ मन्त्री पौडेलको भनाइ

देशान्तर

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले माधवकुमार नेपाल–झलनाथ खनाल समूहले पठाएको पत्र अत्यन्त गम्भीर प्रकृतिको रहेको बताएका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको एकताको आह्वानलाई अस्वीकार गर्नुले नेपाल–खनाल समूह पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको बताए ।

अर्थमन्त्री पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सफल नहुने बताए ।

पार्टीका आम कार्यकर्ता एकताको पक्षमा रहेको अवस्थामा नेपाल–खनाल पक्ष कुनै पनि हालतमा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्नु, आफ्नो अडानबाट पछि हट्न नखोज्नु, पार्टी एकताको लागि घातक भएको बताए । यसरी घातक खेलमा लागेका व्यक्तिहरु अलग हुनसक्ने तर पार्टी विभाजन नहुने दाबी उनले गरका छन् ।

संस्थापन पक्षले पार्टी एकताको लागि अन्तिमसम्म कोसिस गर्ने उनले बताए । पार्टीका नेता, कार्यकर्ता अहिले पनि एकताको पक्षमा रहेकोले विभाजनमा जाने नेताहरुलाई कसैले साथ नदिने उनले बताए ।