देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाई सुरु

देशान्तर

काठमाडौं – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाई सुरु भएको छ । यसअघि लगातार दुई दिन स्थगित भएको सुनुवाई आजबाट सुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगै न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आन्नन्दमोहन भट्टराइ सम्मिलित इजलाशमा सुनुवाई सुरु भएको हो ।

संवैधानिक इजलासमा शेर बहादुर देउवाको रिट निवेदनमा बहस सुरु भएको छ । बहसका लागि डेढ घण्टाको समय छुट्याइएको छ । यसअघि प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणा अस्वस्थ भएपछि सुनुवाई स्थगित भएको थियो ।

सरकारको शिफारिसमा गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि परेको रिटमा जेठ १४ गतेबाट सुनुवाई सुरु भएपनि विवादका कारण हालसम्म पनि बहस मूल विषयमा प्रवेश गर्न सकेको थिएन् ।