भारतको उत्तर प्रदेशस्थित कानपुर–इलाहावाद राष्ट्रिय राजमार्गमा भएको दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । मंगलबार अबेर राति भएको दुर्घटनामा अन्य ६ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमध्यमले जनाएका छन् ।
दुर्घटनामा घाइते भएका ६ जना मध्ये दुईको अवस्था गम्भीर रहेको छ ।
प्रहरीका अनुसार सचेन्दी भन्ने ठाउँमा तीव्र गतिमा रहेको बस अटोसँग ठोक्किएर दुर्घटना भएको हो । ठक्करका कारण अटो सडकको एक भागमा पल्टिएको र बस अनियन्त्रित भइ भिरबाट खसेको हो ।
मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटना बारे तत्काल अनुसन्धानको आदेश दिएका छन् । दुर्घटनामा मृत्यु भएकाका परिवारलाई जनही दुई लाख भारु प्रदान गर्ने घोषणा पनि उनले गरेका छन् ।
दुर्घटनामा दुवै सवारी साधानमा रहेका व्यक्ति प्रभावित भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया