काठमाडौं – सरकारले कोरोनाभाइरस परीक्षणको दायरा बढाउने बताएको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री तामाङले गाउँ-गाउँमा समेत परीक्षणको दायरा बढाउने बताए ।
अहिलेपनि एन्टीजेन किट्हरु प्रयोगमा नआएको बताउँदै उनले ती किट् प्रयोग गरेर दायरा विस्तार गर्ने उनको भनाई छ । ‘सबैलाई परीक्षण गरेर संक्रमितलाई आइसोलेसनमा ल्याउने हाम्रो तयारी छ’ उनले भने ।
पछिल्लो समय पीसीआर परीक्षण घटाइएको भन्दै सरकारको आलोचना हुने गरेको छ । यसबारे सोधिएको प्रश्नमा मन्त्री तामाङले परीक्षणको दायरामा विस्तार गर्ने सरकारको तयारी रहेको बताए
प्रतिक्रिया