काठमाडौं – कोभिड–१९ महामारीको बढ्दो जोखिमसँग जुध्न सरकारले सातै प्रदेशमा बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आईसीयू निर्माण गर्ने भएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले उक्त जानकारी दिएका हुन् । ‘सबै प्रदेशमा अस्पताल स्थापना र आईसीयू व्यवस्थापन गर्न तयारी गरेका छौं’ उनले भने ।
प्रतिक्रिया