देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनमोर्चाका नेता थापाको प्रदेश सभा सदस्य पद पुनर्बहाली गर्न सर्वोच्चको आदेश

देशान्तर

काठमाण्डौ – राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापालाई प्रदेश सभा सदस्य पदमा पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । पार्टीको निर्देशन नमानेको भन्दै जनमोर्चाले थापालाई पार्टी सदस्यता र गण्डकी प्रदेश सभा सदस्य पदबाटै हटाएको थियो ।

पार्टीको निर्णयको विरुद्धमा थापा सर्वोच्च जानुभएको थियो । आज न्यायाधीश कुमाल चुडालको इजलासले थापालाई पार्टीले राजनीतिक दलसम्बन्धी कानुन र व्यावहारिक कारणले पदबाट हटाउन नसक्ने भएकाले पुनर्बहाली गर्न आदेश दिएको हो ।

गण्डकी प्रदेशमा पार्टीको निर्णयलाई अटेर गरेर नयाँ सरकार बनाउन साथ नदिएको भन्दै थापालाई जनमोर्चाले प्रदेश सभा सदस्यबाट हटाएको थियो । जनमोर्चाका कृष्ण थापाले साथ नदिँदा गण्डकीमा एमाले र माओवादीले एमालेको तर्फबाट मुख्यमन्त्री बन्नुभएका पृथ्वीसुब्बा गुरुङलाई हटाएर कांग्रेस नेतृत्वमा सरकार बन्न सकेको थिएन ।